प्रदीप र दिनेश राउतबीच टिमअप



अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतबीच नयाँ प्रोजेक्टमा टिमअप भएको छ । केही दिनअघि उनीहरुबीच नयाँ चलचित्रका लागि निरन्तर भेटघाट भइरहेको खबर बाहिरिएको थियो । प्रदीप आफैं चलचित्रको प्रस्ताव लिएर निर्देशक राउतसामु पुगेका थिए । उनले प्रदीपको प्रस्ताव स्वीकार गरेपछि चलचित्रको स्क्रिप्टमा काम सुरु भएको छ । चलचित्रका लागि विकाश सुवेदीले स्क्रिप्ट लेखिरहेका छन् ।

कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनको समयमा अभिनेता प्रदीप आफूलाई अफर भएको चलचित्रमा निर्देशकको प्रस्ताव लिएर दिनेशसमक्ष पुगेका थिए । निर्देशक राउतले क्याप्टेनसिप सम्हालेको खण्डमा मात्र उक्त चलचित्रमा काम गर्ने प्रदीपको अडान थियो । विभिन्न चरणमा भएको छलफलपछि निर्देशक राउत चलचित्रको निर्देशन गर्न राजी भएका हुन् ।

नाम तय नभइसकेको चलचित्रको छायांकन अर्को वर्षबाट सुरु हुने बताइएको छ । अभिनेता प्रदीप खड्का चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शनपश्चात् निर्देशक हेमराज विसीको फिल्म ‘अशुभ विवाह’ गर्दैछन् । यो चलचित्रपछि उनले निर्देशक राउतसँगको प्रोजेक्टलाई समय दिने स्रोत बताउँछ । यो बीचमा निर्देशक राउतले निर्माता रोहित अधिकारीको चलचित्र गर्ने जानकारी प्राप्त छ ।

अभिनेता प्रदीप खड्कासँग नयाँ प्रोजेक्टमा टिमअप भएपछि निर्देशक दिनेश राउतले चलचित्र ‘मेरो एउटा साथी छ २’ बाट हात झिकेका छन् । यद्यपि, यस विषयमा निर्देशक दिनेश राउत र निर्माण कम्पनी आइकोर फिल्मस्बाट कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । ‘नोभेम्बर रेन’ जस्तो उम्दा फिल्म दिएका निर्देशक राउतले पछिल्लो पटक चलचित्र ‘प्रसाद’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu