दिनेशको निर्देशनमा ‘कालुराम’ बन्ने



सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरेसँगै
नेपाली चलचित्र क्षेत्रका हरेक गतिविधि ठप्प छन् । लकडाउनभन्दा अगाडि केही चलचित्र फ्लोरमा थिए । तर, लकडाउनपछि निर्माताले अधुरैमा चलचित्रको छायांकन रोक्नु पर्‍यो । जसले गर्दा निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ । अब, पुनः चलचित्रको छायांकन गर्ने वातावरण कहिले बन्छ, कुनै टुंगो छैन ।

सरकारले छायांकन अनुमति दिए केही निर्माता/निर्देशकहरु चलचित्रको छायांकन सुरु गर्ने तयारीमा छन् । निर्देशक दिनेश पौडेल पनि सरकारको निर्णयको प्रतिक्षामा छन् । ‘द मस्ट वान्टेड’ चलचित्रबाट निर्देशकिय यात्रा सुरु गरेका उनी लकडाउन खुलेपछि चलचित्र ‘कालुराम’ को छायांकन सुरु गर्दैछन् । चलचित्रको स्क्रिप्ट ‘लक’ भैसकेको छ भने केही कलाकार पनि छनौट भैसकेका छन् ।

निर्देशक पौडेलले चलचित्रको तीनवटा गीतको रेकर्डिङ्ग पनि सकाएका छन् । उनका अनुसार, चलचित्रका लागि केही कलाकारको खोजी भैरहेको छ । कमला ढकालले निर्माण गर्ने चलचित्र समसामयिक प्रेम कथामा बन्ने बताइएको छ । युवापुस्ता लक्षित चलचित्र निर्माण गर्न लागेका निर्देशक पौडेलले ‘कालुराम’ लाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कनै कसर नछाड्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu