अभिनेत्री निरिषा बस्नेतले कोरोना मुक्त भएकी छन् । गएको दुई हप्ताअघि छातीमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । निरिषाले कोरोना जितेर घर फर्किएको उनका पिता तथा अभिनेता विश्व बस्नेतले जानकारी दिएका छन् ।

अभिनेत्री निरिषा बलिउड प्रवेशका लागि भारतको मुम्बईमा बस्ने गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् । उनले भारतको एक अस्पतालमा कोरोनाको उपचार गराएकी हुन् । उनले इन्स्टामा अर्को एक भिडियो साझेदार गर्दै कोरोना संक्रमण हुँदाको अनुभव पनि साटेकी थिइन् ।
निरिषाका पिता विश्व बस्नेतले छोरी कोरोनाबाट मुक्त भएको खुसी बाँढ्दै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् । ‘चन्द्र नन्दिनी’ नामक भारतीय सिरियलमा काम गरिसकेकी निरिषाले गत वर्ष प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी भारत र नेपालमा जारी लकडाउन खुलेपछि परिवारसँग भेट गर्न नेपाल आउने बुझिएको छ ।




