ऋचाले ल्याइन् ‘चलचित्र टिभी’ एप



कोरोना भाइरसका कारण सिनेमा हलहरु बन्द भएपछि निर्माताहरु हलको विकल्पको रुपमा डिजिटल प्लेटफर्म रोज्न थालेका छन् । हलमा प्रदर्शन नभएको र यूट्यबमा सार्वजनिक नभएको चलचित्र घरमै बसेर सीमित पैसामा हेर्न पाइने हुँदा दर्शकहरुको पनि यसतर्फ रुची बढेको छ । यसबीच, अभिनेत्री ऋचा शर्माले सीमित पैसामा चलचित्र हेर्न मिल्ने एक एप ल्याएकी छन् ।

‘चलचित्र टिभी’ नाम दिइएको एप बुधवारबाट सार्वजनिक गरिएको छ । केही दिनपछि मात्र एनड्रोइड मोबाइलमा डाउनलोड गर्न सकिने यो एपमा नयाँ तथा पुराना नेपाली चलचित्रहरु हेर्न पाइनेछ । विदेशमा बस्ने नेपालीहरुको नयाँ नेपाली चलचित्र हेर्ने चाहनालाई परिपूर्ती गर्न यो एप ल्याउन लागिएको हो । अमेरिकामा बस्ने केही साथीहरुसँग मिलेर ऋचाले यो एप सार्वजनिक गर्न लागेकी हुन् ।

‘चलचित्र टिभी’ एपका लागि ऋचाको समुहले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको दुई चलचित्र ‘छ माया छपक्कै र छक्का पन्जा ३’ १०/१० लाखमा खरिद गरेको छ । यो रकम उठेपछि दुई समुहबीच शेयर बाँडफाँड हुनेछ । चलचित्र राम्रो बनाएर ब्रान्डिङ गर्न सकेको खण्डमा नेपाली निर्माताका लागि यो एप आम्दानीको नयाँ स्रोत बन्न सक्ने धेरैको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu