प्रेमीसँग घुम्न निस्किइन् साम्राज्ञी



सरकारले कोरोनाको संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरेपछि करीब तीन महिना घरभन्दा बाहिर निस्किनन्, साम्राज्ञी आरएल शाह । लकडाउनको सुरुवाती केही दिन परिवारसँग समय विताउन पाउँदा उनी दंग थिइन् । उनले लकडाउनमा वितेको आफ्नो दैनिकीको जानकारी इन्स्टाग्राममार्फत् दिइरहेकी हुन्थिन् । उनी इन्स्टा स्टोरीमा घरमा पाकेका परिकारका तस्विरहरु बढी शेयर गर्ने गर्थिन् ।

तीन महिनासम्म पनि लकडाउन नखुल्दा भने साम्राज्ञी दिकदार भएकी थिइन् । लकडाउनअघि बाक्लै रुपमा देश तथा विदेशमा घुम्न निस्किरहने उनी फेरि त्यही दिनको प्रतिक्षामा थिइन् । गएको दुई हप्ता अगाडि सरकारले लकडाउनलाई लुजडाउनमा परिणत गरेपछि भने उनी खुल्ला आकाशको पन्छीझैँ भएकी छन् । लकडाउन खुकुलो भएसँगै उनको घुमफिर सुरु भएको छ ।

उनले प्रेमी देवांस राणासँग घुमघाममा निस्किएको भिडियो तथा तस्विरहरु इन्स्टामा साझेदार गरेकी छन् । जसमा उनलाई निकै खुसी देखिएको छ । उनले घुम्न निस्किएको ठाउँ उल्लेख नगरे पनि उनका प्रेमीले इन्स्टाको एक भिडियोमा ‘कैलाली जाने बाटो’ भन्दै कसैसँग कुराकानी गरिरहेका छन् । यसको मतलब साम्राज्ञी प्रेमीसँग घुमफिरका लागि सुदूरपश्‍चिमतर्फ निस्किएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu