कर्मा लेख्छन्, ‘म पनि एकदिन उत्पीडनको कथा साट्छु’



गएको शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट्याउँदै चलचित्रको सुटिङमा निर्माता तथा निर्देशकले गरेका नराम्रा व्यवहारको बारेमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारमाथि हुने गरेको शोषणविरुद्ध आवाज उठ्न थालेको छ । यतिबेला धेरै कलाकारहरुले साम्राज्ञीलाई समर्थन गर्दै दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।

प्रियंका कार्की, आशिरमान देशराज जोशी, शुभेक्क्षा खड्का, सुनिशा बजगाईं, सन्ध्या केसी, निशा अधिकारी, निर्माता अर्जुन कुमार, निर्देशक कुमार भट्टराईलगायतले साम्राज्ञीलाई समर्थन गर्दै आफूमाथि भएको शोषणको विरुद्ध बोल्ने हिम्मत गरेकोमा उनको प्रशंसा गरेका छन् । काम दिएको भन्दैमा कलाकारमाथि नराम्रो व्यवहार गर्नु राम्रो नभएको उनीहरुको भनाई छ ।

अभिनेता कर्मा शाक्यले साम्राज्ञीले निर्माता तथा निर्देशकबाट सहनु परेको नराम्रो व्यवहारबाट आफू लज्जित भए पनि अचम्मित नभएको बताएका छन् । इन्स्टा स्टोरीमा उनले लेखेका छन्, ‘यस्तो परिस्थितिको सामना गरेपछि आफ्नो मन र मुटुबाट कुरा गर्नका लागि साहस र हिम्मत चाहिन्छन् ।’ यसप्रकारका दुर्व्यवहार फिल्म क्षेत्र र समाजका लागि अपमानजनक रहेको उनको भनाई छ ।

अभिनेता कर्माले आफू पनि एक दिन उत्पीडनको कथा साट्ने बताएका छन् । उनी थप्छन्, ‘हामीमध्ये धेरैले असहज र कहिले काँहि अपमानजनक परिस्थितिहरू भोगेका छौं, जुन विस्तृत विविधतामा आउँछन् । कुनै दिन म पनि भावनात्मक उत्पीडनको कथा साझा गर्न चाहन्छु, जुन विषयमा मेरो परिवार, नजिकका साथीहरू र फिल्म क्षेत्रका सहयोगीहरू जानकार छन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu