झुटा आरोप लगाए साइबर अपराधको मुद्दा हाल्ने भुवनको चेतावनी



अभिनेत्री साम्राज्ञी आरएल शाहले चलचित्र ‘ड्रिम्स’ को सेटमा निर्माता तथा निर्देशक भुवन केसीले नराम्रो व्यवहार गरेको र जापान अवार्डमा दुर्व्यवहार गरेको आरोप लगाएपछि अभिनेता भुवन केसीले नेपाली कलाकारहरुको साझा संस्था चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् । उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् ।

उनले संघमा दिएको निवेदनमा लेखिएको छ, ‘म विगत ४ दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु । यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ । साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आजभन्दा ५/६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’

भए नभएको कुरालाई सामाजिक सञ्जालमा राखेर यूट्युबलगायत विभिन्न सञ्चारमाध्यममा आफ्नो चरित्रहत्या गर्ने दुस्साहस भएकोमा उनले संघसँग निष्पक्ष छानविनको माग गरेका छन् । अभिनेता केसीले संघमा निवेदन दिनुभन्दा अगाडि फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई ब्रेक दिने पितातुल्य व्यक्तिको बारेमा अनर्गल र झुटा कुरा नबोल्न साम्राज्ञीलाई चेतावनी दिएका छन् ।

चलचित्र ‘ड्रिम्स’ को सुटिङको क्रममा पानी खान पाइन, छाता ओड्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर आफूसहित अरु निर्मातालाई गाली गलौच गरेको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताएका छन् । उनले पितातुल्य व्यक्तिको अनर्गल तथा झुटा कुराहरु उल्लेख गरेर इन्स्टामा भिडियो बनाएकोमा आफ्नो ध्यानआकर्षण भएको पनि उल्लेख गरेका छन् ।

अभिनेता भुवन केसीले आफ्नो मान प्रतिष्ठामा आघात पुग्ने गरि पुनः सामाजिक सञ्जालमा लगाएर भिडियो पोस्ट गरे प्रचलित साइबर कानुन र मानहानी सम्बन्धि कानुनको प्रयोग गरि आफूलाई पुग्न भएको मानसम्मानको हानी नोक्सानी उपर यथोचित क्षतिपूर्ति गराउने र कानुन बमोजिमको सजायको भागेदारी गराउन कानुनी प्रक्रियाको थालनी गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu