संगीतकार पोखरेल र गायिका खरेल बैवाहिक जीवनमा बाँधिए



चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक जीवनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो ।

सरकारले बनाएको नियम पालना गर्दै भएको उनिहरुको बिवाहमा सिमित साथीभाई र आफन्तको उपस्थिती रहेको थियो । बैशाखको लागि तय भएको बिवाह लकडाउनका कारण सरेको थियो । अहिले लकडाउन चलिरहेको भएता पनि केहि खुकुलो भएको छ । अब मंसिरसम्म लगन नभएको कारण अर्जुन-दुर्गाले आजै बिवाह गरेका हुन् ।

अर्जुन-दुर्गाले अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । अर्जुनको संगीतमा दुर्गाले थुप्रै गीत गाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu