पत्रकार लम्सालको लेख बन्यो उत्कृष्ट



चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको लेख प्रतियोगितामा पत्रकार ध्रुव लम्सालको लेख उत्कृष्ट बनेको छ । संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा राष्ट्रव्यापी रुपमा प्रतियोगिता आयोजना गरेको थियो ।

प्राप्त भएका मध्ये छनौट समितिले १३ वटा लेख शर्ट लिष्टमा राखी छनौट प्रक्रिया सुरु गरेको थियो । छनौट समितिले मूल्याङ्कनको आधारमा चार वटा लेखलाई उत्कृष्ट ठहर गरेको हो । जसमा लम्सालको लेख पहिलो, बिष्णु शर्माको लेख दोश्रो, मनोज न्यौपानेको लेख तेश्रो र रिना मोक्तानको लेख चौथो बनेका छन् । उत्कृष्ट क्रमश: पन्ध्र हजार, दश हजार र पाँच–पाँच हजार प्राप्त गर्नेछन् ।

बायाँबाट क्रमश: ध्रुव लम्साल, बिष्णु शर्मा, मनोज न्यौपाने र रीना मोक्तान

नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर रहेको जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । छनौट गरिएका लेख संचार माध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने बताईएको छ ।

छनौट समितिमा पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवन पराजुली र समीर बलामी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu