गायक विनोद बानियाँले निर्देशन गरेको सर्ट मुभी ‘फेम’ सार्वजनिक भएको छ । यसमा बानियाँको कथा, थिम कन्सेप्ट र निर्देशन छ । बानियाँले पहिलो पटक सर्ट मुभी बनाएका हुन् । यूट्युबमा यो चलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।

ग्रैहापाटनको आसपासमा छायांकन गरिएको ‘फेम’ मा आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सञ्जय मल्ल, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठसहित निर्देशक तथा गायक विनोद स्वयंको अभिनय छ । सविन गायकको छायाकंन तथा सम्पादन रहेको चलचित्रमा पाश्र्व संगीत राजेश क्षेत्रीको छ ।
दीपिका बानियाँको निर्माण रहेको चलचित्र ‘फेम’ मा जीवनमा आइपर्ने चुनौतीलाई पार लगाउँदै लडेर समाधान गरिनुपर्ने सन्देश दिन खोजिएको छ । यस चलचित्रको मुख्य भूमिकामा सञ्चारकर्मी सञ्जय मल्ल रहेका छन् । मल्ललाई चलचित्र ‘मार्केट’, ‘मिसन भाइरस’ सहित म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ ।
भिडियो :-




