‘मेरो दिल’ को वियोगान्त गीत सार्वजनिक (भिडियो)



प्रेमकथानक चलचित्र ‘मेरो दिल’ मा समाबेश ‘उनी र म..’ बोलको गीत सोमबार बुढासुब्बा डिजिटलबाट सार्वजनीक गरिएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ ।

रेखा शाह र नरेश योगीले कोरियोग्राफी गरेको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडी फिचर छन् । नवीन पन्तले निर्देशन गरेको चलचित्रमा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत डिकेलगायतले अभिनय गरेका छन् ।

बिनोद सापकोटाले खिचेको चलचित्रको निर्मातामा गीता शर्मा,सलिना लामा,हरि शर्मा र टेरिसा खड्का छन् । चलचित्र कोरोना महामारीपछि दर्शकमाझ ल्याइने जानकारी निर्देशक पन्तले दिएका छन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu