चलचित्रमा डेब्यू गर्दै गायक हिमाल सागर



गायक चलचित्रको नायक हुनु नौलो कुरा होइन । यश कुमार, रामकृष्ण ढकाल, यम बराल, राजेश पायल राईलगायत धेरै गायकहरुले चलचित्रमा अभिनय समेत गरिसकेका छन् । तर, दुर्भाग्य के छ भने गायकलाई दर्शकले नायकको रुपमा भने स्वीकार गरेका छैनन् । न त उनीहरुको अभिनयले नै प्रशंसा बटुल्न सकेको छ । गायक नायकको रुपमा सफल भएका कमै उदाहरण छन् ।

गायन पेशाबाट ठूलो पर्दाको हिरो हुने भीडमा प्रकाश सपुत, नितेशजंग कुँवर र प्रेम परियार पनि थपिँदैछन् । चलचित्रमा असफल गायकहरुको लाममा उनीहरु अपवाद बन्न सक्लान् त ? यसका लागि प्रतिक्षा गर्नैपर्ने हुन्छ । यसबीच, फेरि एक गायक नेपाली चलचित्रको हिरो हुने भएका छन् । उनी हुन्, हिमाल सागर । उनी स्वयंले आफू चलचित्रको हिरो हुन लागेको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले दर्शक/स्रोताको चाहनालाई मध्यनजर गर्दै चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘धेरै दर्शक/श्रोताहरुको चाहनालाई मध्यनजर गरेर कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमै सुटिङ गर्ने गरी चलचित्र खेल्ने पक्का ।’ उनले चलचित्रको अन्य जानकारी भने दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu