प्रेमीको जन्मदिनमा मलिनाको यस्तो इच्छा



पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । अभिनेता अनुप विक्रम शाहीसँग ब्रेकअप भएपछि अहिले उनी जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा छिन् । उनले आफ्नो प्रेम सम्बन्ध लुकाएकी पनि छैनन् । सामाजिक सञ्जालमा बाक्लै रुपमा उनले प्रेमीसँगका तस्विरहरु साझेदार गर्दै प्रेम भाव व्यक्त गरिरहेकी हुन्छिन् ।

आइतवार उनका प्रेमी सुशान्तको जन्मदिन परेको छ । उनले सामाजिक सञ्जालबाट प्रेमीलाई बर्थडे ‘विस’ गरेकी छन् । मलिनाले इन्स्टाग्राममा प्रेमीसँगको एक प्रेमिल तस्विर पोस्ट्याउँदै आफूलाई पुनः एकपटक प्रेम र जीवनप्रति विश्वास दिलाएकोमा कृतज्ञता व्यक्त गरेकी छन् । उनले सुशान्तलाई मेहेनती र जिम्मेवार व्यक्तिको रुपमा व्याख्या पनि गरेकी छन् ।

उनले इन्स्टामा लेखेकी छन्, ‘मेरो प्रिय सुपर ह्यूमन, मेरो इच्छा छ कि तिमी त्यही व्यक्ति बनिरहु, जोसँग मेरो प्रेम भएको थियो । र, म पनि सदाको लागि हुनेछु ।’ गत वर्ष अभिनेत्री ऋचा शर्माको विवाहको रिसेप्सन पार्टीमा मलिनाले आफू यस वर्ष विवाह गर्ने सोचमा रहेको बताएकी थिइन् । तर, कोरोनाको महामारीका कारण यो वर्ष उनी दुलही हुने सम्भावना न्यून देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu