संचारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक भएको छ । चलचित्रमा अभिविन्द खनियाँ, वर्षा भण्डारी, अनिकेत अधिकारी, प्रख्यात घिमिरको अभिनय छ । कोरोनाको कहरपछि मानिसले झेल्नु परेको समस्याको कथा चलचित्रले भन्छ ।

कोभिड–१९ का कारण आर्थिक संकटमा परेका युवाकी प्रेमिकाले आफ्ना प्रेमीको अवस्था बुझेर र उनी प्रति देखाएको सद्भाव र सहयोगलाई चलचित्रमा देख्न सकिन्छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा बनेको चलचित्र काठमाडौं र ललितपुरको विभिन्न स्थानमा खिचिएको छ ।
नीमा शेर्पाले यो छोटो चलचित्रको छायांकन तथा सम्पादन गरेका हुन् । यो चलचित्रले उठान गरेको बिषयले धेरैलाई भावुक बनाउने निर्देशक ज्ञवानीको विश्वास छ । लामो समयदेखि संचारकर्ममा सक्रिय ज्ञवालीले छोटो चलचित्र निर्माणसँगै म्यूजिक भिडियो र चलचित्रको कामलाई अगाडि बढाउने सोच राखेको बताए ।
भिडियो :-




