करिश्माको टिकटक मोह



नेपालमा पछिल्लो केही वर्षयता सोसल मिडिया प्लेटफर्म टिकटक प्रयोगकर्ताको संख्या निकै बढेको छ । निकै सहज तरिकाले भिडियो बनाउन सकिने, पोष्ट गर्न मिल्ने र मनोरञ्जनको माध्यम भएकाले टिकटक प्रयोगकर्ताको संख्या धेरै भएको हो । विशेषगरि शहरी क्षेत्रका युवा युवतीमा टिकटकको मोह ज्यादा छ । यसबाट चम्किएका पनि कयैन् छन् ।

टिकटकबाट नेपाली सेलिब्रेटीहरु पनि अछुतो छैनन् । अपवाद बाहेक नेपालका हरेक कलाकारको टिकटकमा एकाउन्ट छ । नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर समेत टिकटकको सदस्य भइसकेकी छन् । कोरोनाको महामारीका कारण सरकारले लकडाउन गरेपछि फुर्सदिलो भएकी उनले अहिले दैनिक रुपमा एउटा भिडियो टिकटकमा शेयर गर्ने गरेकी छन् ।

यसमा उनलाई पछ्याउनेको संख्या ७२ हजार छ । उनले भने जम्मा तीन जनालाई मात्र पछ्याउने गरेकी छन् । लामो समयदेखि चलचित्र अभिनयबाट टाढा रहेकी उनलाई टिकटकले केही हदसम्म अभिनयको प्यास मेटाउने काम गरेको छ । आफूले अभिनय गरेको चलचित्र ‘उपकार’ को ‘लौउन मायालु’ बोलको गीतमा नृत्य गर्दै उनले टिकटकमा डेब्यू गरेकी थिइन् ।

यसपछि उनले आफूले अभिनय गरेका चलचित्रका गीतमा लिप्सिङ गर्दै हाउभाउयुक्त अभिनयमा भिडियो बनाउँदै आएकी छन् । उनले बनाएका टिकटक भिडियोलाई दर्शकहरुले पनि रुचाएका छन् । तर, उनी जस्तो धेरैको ‘आइडल’ कलाकार टिकटकमा रमाउनु दुःखद रहेको कतिपयको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu