चलचित्र क्षेत्रलाई फाइदा हुन्छ भने पारिश्रमिक घटाउन तयार छु : दयाहाङ



कोरोनाको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेदेखि नेपाली चलचित्र क्षेत्रमा कुनै गतिविधि भएका छैनन् । क्रमशः भीडभाड हुने अन्य क्षेत्र सञ्चालनमा आउँदा पनि चलचित्र क्षेत्रलाई पुनः सुचारु गर्ने बारेमा सरकारले अहिलेसम्म कुनै निर्देशिका बनाएको छैन । अब यो क्षेत्रलाई चलायमान बनाउन चलचित्र निर्माण र प्रदर्शन खुल्ला गर्नेपर्ने आवाज उठाउँदै आएका छन् ।

सरकारले चलचित्र क्षेत्र पुनः सञ्चालनको अनुमति दिएको अवस्थामा चलचित्र निर्माणको गति कसरी बढाउने र प्रदर्शनको वातावरण कसरी मिलाउने भन्ने बारेमा गम्भीर बहस आवश्यक देखिन्छ । महामारीपछि चलचित्र निर्माणको गति बढाउन विशेषगरि कलाकारहरुले पारिश्रमिक घटाउनुपर्ने चलचित्र निर्माताहरुको भनाई छ । केही कलाकार यो विषयमा सहमत पनि देखिएका छन् ।

अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले महामारीपछि चलचित्र क्षेत्रलाई चलायमान बनाउन आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पारिश्रमिक घटाएर काम गर्न तयार रहेको उनीहरुको भनाई छ । यसबीच, अभिनेता दयाहाङ राईले पनि चलचित्र क्षेत्रलाई उठाउन कलाकारले पारिश्रमिक घटाउनु पर्ने कुरामा आफू सहमत रहेको बताएका छन् ।

लकडाउन खुकुलो भएपछि म्यूजिक भिडियोको छायांकनमा व्यस्त रहेका उनले भने- ‘म पारिश्रमिक घटाएर चलचित्रमा काम गर्न तयार छु । तर, निर्माताको उद्धेश्य स्पष्ट हुनुपर्छ । पारिश्रमिक घटाउँदैमा मात्र सबै समाधान हुँदैन । निर्माताले केका लागि चलचित्र बनाउँदैछ त्यो महत्वपूर्ण कुरा हो । यदी चलचित्रले यो क्षेत्रलाई नै फाइदा हुनेछ भने म पारिश्रमिक घटाएर काम गर्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu