‘मंगलम’ ले बदलेको पुष्पको करिअर



शहरीया युवापुस्तामाझ राम्रो क्रेज बनाएका अभिनेता पुष्प खड्का सोमवार आफ्नो जन्मदिन मनाउँदैछन् । उनी ३१ वर्षमा प्रवेश गरेका छन् । २ सय बढी म्यूजिक भिडियोमा काम गरिसकेका उनी अहिले नेपाली चलचित्रका चल्तीका अभिनेतामा हुन् । चलचित्र ‘अझै पनि’ बाट सहायक अभिनेताको रुपमा करिअर सुरु गरेका उनले चलचित्र ‘दर्पण छायाँ २’ मा लिड रोलमा ब्रेक पाएका थिए । तर, यी दुवै चलचित्रले उनको करिअरलाई उचाइ दिन सकेन ।

दुई चलचित्रको असफलतापछि पुष्प हच्किएका थिए । तर, नवल नेपाल निर्देशित चलचित्र ‘मंगलम’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसमा उनले प्यारालाइसिस भएको युवकको भूमिकामा उम्दा अभिनय गरेका थिए । यो चलचित्रले उनलाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत दिलायो । राष्ट्रिय पुरस्कार पाउनु एउटा कलाकारका लागि ठूलो उपलब्धि मानिन्छ ।

‘मंगलम’ पछि पुष्पले दुई चलचित्रमा काम गरे- ‘दाल भात तरकारी’ र ‘मारुनी’ । तर, यी दुई चलचित्रमा उनको अभिनयले दर्शक तथा समीक्षकलाई खुसी बनाएन । लकडाउन हुनुभन्दा अगाडि उनी चलचित्र ‘चालबाज’ को छायांकन व्यस्त थिए । लकडाउन खुलेपछि उनले यो चलचित्रको बाँकी छायांकन पूरा गर्नेछन् । लकडाउनको समयमा उनले एक चलचित्र साइन गरेका छन् ।

अभिनेता पुष्पले पाँचमध्ये दुईवटा चलचित्र निर्देशक नवल नेपालसँग गरेका छन् । ‘मंगलम’ र ‘मारुनी’ मा उनीहरुबीच सहकार्य भएको थियो । चलचित्र क्षेत्रमा पुष्पलाई सबैभन्दा नजिकबाट चिन्ने व्यक्ति नै नवल हुन् । पुष्प आफूलाई अफर हुने हरेक चलचित्रको स्क्रिप्ट नवललाई पढ्न दिने गरेको समेत बजारमा चर्चा छ । यसबाटै बुझ्न सकिन्छ कि उनीहरुबीच कस्तो सम्बन्ध कायम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu