के ‘खलनायक २’ गर्दैछन् विराज ?



निर्माता, निर्देशक तथा अभिनेता रोज राणा दशक अगाडिको सुपरहिट चलचित्र ‘खलनायक’ को दोस्रो श्रृंखला निर्माण गर्दैछन् । चलचित्रमा निर्देशक भने हेरफेर गरिएको छ । यसको पहिलो पार्टलाई ऋषि न्यौपानेले निर्देशन गरेका थिए । सिक्वेलको निर्देशन ‘रणवीर’ फेम्ड निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । मौनता श्रेष्ठले चलचित्रको कथा लेखिरहेका छन् । भदौबाट फ्लोरमा जाने तयारीमा निर्माण टिम छ ।

‘खलनायक’ मा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको अभिनय थियो । यसको सिक्वेल निर्माण हुने खबर बाहिरिएपछि चलचित्रमा पुरानै कलाकार दोहोरिन्छन् वा नयाँ हुन्छन् भन्ने चासो दर्शकमा छ । निर्माता राणाका अनुसार, चलचित्रका लागि अहिलेसम्म कुनै कलाकार छनौट भएका छैनन् । उनले चलचित्रमा नयाँ र पुराना कलाकारको समिश्रण हुने बताएका छन् ।

‘खलनायक २’ मा विराज भट्ट, निखिल उप्रेती, राजेश हमाल र झरना थापामा को दोहोरिने सम्भावना प्रवल छ ? बजारमा चलेको चर्चालाई आधार मान्ने हो भने निर्माता रोजले चलचित्रमा विराजलाई दोहोर्‍याउन खोजेका छन् । उनीहरुबीच आत्मीय सम्बन्ध भएको र आधा दर्जन चलचित्रमा सहकार्य भएकाले पुनः एकपटक रोज र विराजको टिमअप हुने सम्भावना बलियो रहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार, रोज र विराजबीच ‘खलनायक २’ लाई लिएर केही पटक छलफल समेत भइसकेको छ । यस विषयमा रोज भन्छन्, ‘विराजसँग मेरो राम्रो सम्बन्ध छ । हामीबीच ५/६ वटा चलचित्रमा सहकार्य भइसकेको छ । विराजसँग मेरो भेटघाट भइरहन्छ । तर, ‘खलनायक २’ मा उहाँ हुनुहुन्छ वा हुनुहुन्न अहिले नै कुनै निश्चित भएको छैन ।’ उनका अनुसार, यही साउन १५ भित्र कलाकार छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu