रहेनन् राजेश हमालका भाई



अभिनेता राजेश हमालका भाई राकेश हमालको निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको हो । उनी राजेश हमालका एक मात्र भाई हुन् ।

कलेजोको समस्याका कारण उनलाई केहीदिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली पुर्‍याइएको थियो । अभिनेता राजेश र राकेशको परिवार एउटै घरमा बस्दै आएका छन् । राजेश हमाल अहिले काठमाडौंमै छन् ।

राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको पारिवारिक स्रोतले बताएको छ । राकेश हमालको निधन भएपछि अहिले आफन्तहरु कपूरधारास्थित हमाल निवासमा जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu