कलाकारलाई पनि रातो पासपोर्ट प्रदान गर्न सकिन्छ : सञ्चारमन्त्री खतिवडा



अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाली कलाकारलाई पनि रातो रंगको पासपोर्टको सुविधा प्रदान गर्ने आश्वासन दिएका छन् । शुक्रवार चलचित्र विकास बोर्डको निरीक्षणका क्रममा उनले मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने बताएका हुन् । यसका लागि अध्ययन गरेर सोही अनुरुपको कार्यक्रम ल्याउन उनले बोर्डलाई निर्देशन पनि दिएका छन् ।

अरु क्षेत्रका व्यक्ति झैँ चलचित्र क्षेत्रका व्यक्तिहरुले पनि विदेश जाँदा सोही अनुरुपको पहुँच पाउनु पर्ने मन्त्री खतिवडाको भनाई छ । उनले भने- ‘अरु व्यवसायिक क्षेत्रका व्यक्तिहरुले विदेश जाँदा जुन किसिमको पहुँच पाउनुहुन्छ, कतिले रातो पासपोर्ट माग्नुहुन्छ, कतिले भिआइपी कक्षको प्रयोग गर्न पाउनुहुन्छ । त्यो एउटा मर्यादाक्रम र हाम्रा श्रोतका सीमा हेरेर गर्न सकिने कुरा हो ।’

मन्त्री खतिवडाले सीमित स्रोत साधानका कारण सबै कलाकारलाई रातो पासपोर्टको सुविधा उपलब्ध गराउन असम्भव रहेको पनि बताए । अत्यन्त मुर्धन्य कलाकारहरुलाई सम्मान स्वरुप उक्त सुविधा उपलब्ध गराउन सकिने उनको भनाई छ । उनले कोरोना भाइरसबाट प्रभावितका रूपमा अन्य उद्योग व्यवसायले पाएजस्तै सहुलियत चलचित्र क्षेत्रले पनि पाउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu