परिकला मिडिया र डिथ्री अनलाइनले सामाजिक सञ्जाललाई प्रयोग गर्दै तीजको फरक कन्सेप्टमा एक कार्यक्रमको घोषणा गरेको छ । उक्त कार्यक्रम सामाजिक सञ्जालमार्फत हुने बताइएको छ । ‘टिकटक तीज २०७७’ नाम दिइएको उक्त प्रतियोगिताको यतिबेला टिकटक भिडियो कलेक्सनको काम भैरहेको प्रतियोगिताको कोओर्डिनेटर संगीता चौधरीले बताइन् ।
प्रतियोगितामा सहभागी हुन तीजको कुनै पनि गीतमा टिकटक भिडियो बनाउनु पर्नेछ । उक्त भिडियोलाई [email protected] मा मेल वा ९८२४३९३३०४ मा ह्वाट्सएप तथा भाईभर प्रयोग गरी पठाउनु पर्नेछ । भिडियोमा १ वा २ व्यक्तिभन्दा बढी सहभागी हुन नपाइने नियम छ । सहभागिताका लागि एक हजार शुल्क तोकिएको छ । आफ्नो इच्छाको ड्रेस लगाएर प्रतियोगितामा भिडियो पठाउन सकिने व्यवस्था छ ।

विजेताले नगद पुरस्कारसँगै अन्य अफरहरु प्राप्त गर्नेछन् । विजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् । नगदसँगै बिजेताहरुले प्रोफेसनल फोटोसुटको अफर पाउनेछन् । साथै, अन्य गिफ्टहरु पनि प्राप्त गर्नेछन् ।
अन्य सहभागीहरुले प्रमाणपत्र साथै मेकअप कोर्षमा ५० प्रतिशत छुट पाउनेछन् भने अन्य ‘बेस्ट डान्स’, ‘बेस्ट एक्सप्रेसन’, ‘बेस्ट क्वालिटी’ र ‘ब्युटी गर्ल’ को अवार्डहरु पनि प्रदान गरिनेछ । यी सम्पूर्ण कुराहरुलाई सुरक्षित र सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरि वितरण गरिने संकल्पले बताए ।






