एलिना र हिमाल भन्दैछन्, ‘छोडेर नजाउ’ (भिडियो)



गायिका एलिना चौहान र गायक हिमाल श्रेष्ठको स्वरमा रहेको ‘छोडेर नजाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विदेशीने नेपालीको कथामा आधारित गीतको भिडियोमा एलिना र हिमालकै अभिनय देख्न सकिन्छ । गायनमा सफल गायिका एलिनाले पहिलोपटक भिडियोमा अभिनय गरेकी हुन् ।

एलिना र हिमालको अभिनयलाई दर्शकहरुले निकै रुचाएका छन् । भिडियोमा बालकलाकार देवांश शाह र देवांशी शाहको समेत अभिनय छ । गीतको शब्द तथा संगीत मनिष गोदारले तयार पारेका हुन् । राम कुमार केसीले खिचेको गीतको भिडियोको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu