कुमार आचार्यको निर्देशनमा ‘सम्बन्ध’



सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिचलचित्र ‘सम्बन्ध’को छायांकन सुरु भएको छ । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ । यो टेलिचलचित्र काठमाडौंका विभिन्न स्थानमा खिचिनेछ ।

टेलिचलचित्रमा रामेश्वर हुमागाईंको छायांकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, उषा मलह (सिम्रन) को गायन छ । रवी केसी निर्माता रहेको टेलिचलचित्रको प्रस्तुतकर्ता करुणा आचार्य हुन् । टेलिचलचित्रका सहायक निर्देशक राम जे राउत हुन् । सम्बन्धको गीत र कथा नबिन पन्तले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu