भुवन केसी मेरो लागि रियल हिरो : निरुता सिंह



चलचित्र ‘दक्षिणा’ बाट अभिनेत्री निरुता सिंहले नेपाली चलचित्रमा पाइला राखेकी थिइन् । तुलसी घिमिरे निर्देशित यो चलचित्रमा उनको अपोजिटमा भुवन केसी थिए । यो चलचित्र सफल भएपछि निरुताको करिअरले एकाएक उचाइ लिएको थियो । यसकारण पनि उनका लागि यो चलचित्र निकै विशेष छ । ‘दक्षिणा’ पछि निर्देशक घिमिरेका हरेक चलचित्रमा उनले स्थान पाउन थालेकी थिइन् ।

दार्जीलिङमा जन्मे हुर्केकी उनले नेपाली चलचित्रको हिरोइन हुने कहिल्यै कल्पना समेत गरेकी थिइनन् । तर, जीवनमा कहिले काहिँ नसोचेका कुरा भइदिन्छन् । निरुताको जीवनमा पनि त्यही भयो । उनका पितासँग तुलसी घिमिरेको राम्रो सम्बन्ध भएका कारण उनी ‘दक्षिणा’ की हिरोइन बनिन् । डेब्यू चलचित्रमै भुवन केसीसँग काम गर्न पाउनु उनका लागि अर्को खुसीको कुरा थियो ।

हाल भारतको मुम्बईमा रहेकी निरुताले भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेकी छन् । नेपाली चलचित्रको नायक र नायिकाको रुपमा पहिलो पटक चनेको नै भुवन केसी र तृप्ति नाडकर रहेको उनको भनाई छ । उनले शनिवार फेसबुकमा एक स्टाटस लेख्दै पहिलो चलचित्रमा नै भुवन केसीसँग काम गर्न पाउँछु भनेर आफूले सपनामा पनि नसोचेको उल्लेख गरेकी छन् ।

आफूलाई पहिलो चलचित्रमा भुवन केसीले निकै सहयोग गरेको बताउँदै निरुताले लेखेकी छन्, ‘भुवन दाई हजुरले गर्नुभएको हर सहयोग अनि मायाको लागि मुरी मुरी धन्यवाद । हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’ उनले पछिल्लो पटक अभिनेता भुवन केसीसँग चलचित्र ‘क्याप्टेन’ को एक गीतमा नृत्य गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu