फ्यान फलोइङ बढाउन टिकटकमा पल



यूट्युबजस्तै टिकटक निःशुल्क प्रयोग गर्न सकिने एप हो । सन् २०१९ को सुरुदेखि टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपहरूको सूचीमा नियमित परिरहेको छ । महामारीको समयमा यो एपमा मानिसको आकर्षण ह्वात्तै बढेको छ । १५ सेकेण्डको गीतको टुक्रामा अभिनय गरेर बनाएको भिडियोबाट रातारात स्टार हुने नेपालमा धेरै छन् । यो एपले नेपालमा धेरैलाई रोजगारी दिलाएको छ ।

टिकटकबाट अरुले कमाएको फ्यान फलोइंग देखेर अभिनेता पल शाह पनि यो एपको सदस्य भएका छन् । टिकटकमा प्रवेश गरेको केही दिनमा नै उनलाई ६१ हजारभन्दा बढीले पछ्याएका छन् । आफूले अभिनय गरेका चलचित्र वा भिडियोको गीतमा अभिनय गरेर उनले टिकटकमा भिडियो बनाइरहेका छन् । उनले बनाएका टिकटक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।

पलले आफ्नो लोकप्रियताको दायरा बढाउनका लागि टिकटकको सदस्य बनेको स्वीकार गरेका छन् । हालै एक अन्तर्वार्तामा टिकटक प्रवेशलाई लिएर उनले भनेका छन्, ‘म टिकटकमा आउनुको धेरै कारण छन् । मसँग भिडियोमा काम गर्ने कलाकार साथीहरुको टिकटकमा फ्यान फलोइङ र बजारमा डिमान्ड देखेपछि अझै सुनमा सुगन्ध हुन्छ भनेर टिकटकमा आएको हुँ ।’

उनको यो अभिव्यक्तिले धेरै कुरा बताउँछ । टिकटकले लोकप्रियता बढाउँछ भन्ने कुरामा धेरै हदसम्म सत्यता छ । तर, आफूलाई म्यूजिक भिडियो र चलचित्र दुनियाँमा स्थापित गरिसकेको अभिनेताले अरुको लोकप्रियता र डिमान्ड देखेर टिकटकमा आबद्ध भएको भन्नु आफैंमा हास्यास्पद हो । पलले बुझ्न आवश्यक छ- टिकटकले कलाकारलाई लोकप्रियसँगै सस्तो पनि बनाउँछ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu