‘सेल्फी किङ’ निर्देशकको चलचित्रमा आर्यन



अभिनेता आर्यन सिग्देल र ‘सेल्फी किङ’ फेम्ड निर्देशक विशाल सापकोटाबीच नयाँ चलचित्रका लागि टिमअप भएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा सँगै काम गर्न लागेको चर्चा चलिरहँदा उनीहरुले नयाँ चलचित्रमा सहकार्य गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्ट निर्देशक सापकोटा स्वयंले लेखिरहेका छन् । केही दिनयता आर्यन र विशाल पोखरामा छन् ।

निर्देशक सापकोटाले भने- ‘मैले आर्यनसँगको फोटो सामाजिक सञ्जालमा राखेपछि ‘अर्जुन रेड्डी’ को तयारीका लागि हो भनेर धेरैले सोध्नुभएको छ । तर, यो चलचित्रका लागि हामी पोखरा आएका होइनौं । एक नयाँ प्रोजेक्टमा हामीबीच टिमअप भएको छ । त्यही चलचित्रका लागि लोकशन हेर्न पोखरामा छौं ।’ कोरोनाको महामारीपछि सानो बजेटमा चलचित्र निर्माण गर्ने उनले बताए ।

उनले थपे- ‘अहिले ठूलो लगानीमा चलचित्र बनाउने वातावरण छैन । सानो लगानीमा राम्रो चलचित्र बनाउने सोचमा हामी छौं । स्थिति सामान्य भएपछि सानो टिम लिएर फ्लोरमा जानेछौं ।’ चलचित्रका लागि अहिलेसम्म आर्यन मात्र फाइनल भएको उनको भनाई छ । बाँकी कलाकार चाँडै छनौट गर्ने उनले बताए । निर्देशक सापकोटाले आर्यनसँगको प्रोजेक्टपछि ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको काम सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu