मेरो कारणले चलचित्र बिग्रने होइन : शिल्पा



अभिनेत्री शिल्पा पोखरेल विगत ५ महिनायता घरभित्रै छिन् । लकडाउनपछि उनी आफ्नो शरीरलाई फिट बनाउन व्यायाम गरिरहेकी छन् । ‘भिलेन’ पछि शिल्पा अभिनीत कुनै चलचित्र प्रदर्शनमा आएका छैनन् ।

लकडाउनभन्दा केही समयअघि चलचित्र ‘आर्या’ को छायांकन भ्याएकी उनले दुई भोजपुरी चलचित्रमा समेत अभिनय गरिसकेकी छन् । कोरोनाको महामारी अन्त्य भएपछि उनले थप एक भोजपुरी चलचित्रमा काम गर्दैछिन् । हाल एक टिमसँग नेपाली चलचित्रका लागि पनि कुराकानी भइरहेको शिल्पाले बताएकी छन् ।

उनले छविराज प्रोडक्सनभन्दा बाहिरका जति पनि चलचित्रमा काम गरेकी छन्, कुनै सफल छैनन् । न त समीक्षात्मक रुपमा नै रुचाइए । यसको कारण उनी चलचित्र छनौटमा चुजी नहुनुलाई मानिएको छ । तर, शिल्पा यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । कथा मन परेर नै चलचित्र गर्ने गरेको उनको भनाई छ । स्क्रिप्टलाई कसरी पर्दामा उतार्ने भन्ने निर्देशकमा भर पर्ने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘निर्देशकले कथा सुनाउँदा एकदमै राम्रोसँग सुनाउनुभएको हुन्छ । कथा मन परेपछि चलचित्रमा काम गर्छु । तर, चलचित्र सुरु भएपछि धेरै कुरामा कम्प्रमाइज हुँदो रहेछ । धेरै खर्च हुन्छ भनेर ८र९ वटा सिन एकै दिनमा खिचिन्छ । लोकेशनमा पनि कम्प्रमाइज गरिन्छ । यो कारणले पनि चलचित्र राम्रो बन्न नसकेको हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu