‘हिमालय रोडिज–३’ का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । मंगलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो मिहिनेत र लगावले नै यो शोको विजेता बन्न सकेको बताए । सुजन ग्याङ्ग ग्रिन अन्र्तगत लाउरेको टिममा रहेका सुजनले अडिसन, कलिङ र जर्नी राउण्ड हुँदै फाइनलमा उपाधि जितेका हुन् । यो शोको निर्देशन अमनप्रताप अधिकारीले गरेका हुन् ।
हिमालय टेलिभिजनमा प्रशारण भएको ‘हिमालय रोडिज’ को तेश्रो सिजन ४ महिनासम्म चलेको थियो । लकडाउनका कारण १५ औं एपिसोडमा पुगेर रोडिजको प्रशारण रोकिएको थियो । लकडाउन खुलेपछि हिमालय टीभीमा रोडिजको प्रशारण सुरु भएको थियो भने १८ औं भागमा यसको फाइनल सम्पन्न भएको हो ।