अनु शाह अब गायिका



अभिनेत्री अनु शाह गायिका बनेकी छिन् । दर्जनौं म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी उनले बुधवार एउटा गीत रेकर्ड गरेकी हुन् । सञ्चारकर्मी शान्तिप्रियको शब्दमा अनु शाहले गाएको गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका हुन् ।

‘मेरो सम्झनामा‘’ शीर्षकको गीत अभिनेत्री शाहको स्वरमा रेकर्ड गरिएको हो । उक्त गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका हुन् । नक्सालस्थित अकेस्टिक स्टुडियोमा रेकर्डिष्ट राजाबाबु थारुले अनुको स्वरमा उक्त गीत रेकर्ड गराएकी हुन् ।

‘मलाई गीत गाउन मन लाग्छ, तर औपचारिक रुपमा भने आज पहिलो पटक गीत गाएकी हुँ,’ अभिनेत्री शाहले भनिन्- ‘म घर भित्रको राम्री गायिका हो, तर स्टुडियोमा गएर अहिलेसम्म गाउने हिम्मत गरेकी थिइनँ । गीतकार शान्तिप्रियको प्रशंसा पाउँदा खुशी भएँ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu