चलचित्र ‘बारपाकी माया २’ टिम नायक नायिकाको खोजीमा लागेको छ । चलचित्रमा अभिनय गर्न चाहनेका लागि निर्माण टिमले गत हप्ताबाट अडिसन खोलेको थियो । धेरै जनाले अनलाइन फर्म भरेको निर्माता खिल गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार, ७० जनाको आबेदन आइसकेको छ र अझै आउने क्रममा छ । नयाँ कलाकारको खोजी भइरहँदा पुरानो कलाकार दोहोरिने हुन् वा होइनन् भन्ने जिज्ञासा धेरैमा छ। निर्देशक प्रितम गुरुङका अनुसार, चलचित्रको कथा पहिला जहाँ अन्त्य भएको थियो, त्यहीबाट सुरु हुनेछ ।
‘बारपाकी माया’ मा अनुता गुरुङ र प्रितम गुरुङको प्रमुख भूमिका थियो । यसको सिक्वेलमा पनि उनीहरु दोहोरिने भएका छन् । ‘बारपाकी माया २’ प्रेमकथामा आधारित हुने निर्देशक गुरुङले बताए । उनी चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने बताउँछन् ।