अनमोल र उपासनाले गराए कोरोना परिक्षण



‘क्याप्टेन’ जोडी अनमोल केसी र उपासना सिंह ठकुरीले कोरोना परिक्षण गराएका छन् । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि यमाहाको टिमले उनीहरुको कोरोना परिक्षण गराएको हो । दुवैको कोरोना परिक्षणको रिपोर्ट भने आएको छैन । न त उनीहरुमा कुनै प्रकारको लक्षण नै देखिएको छ ।

अनमोलले यमाहाको टिमबाट जानकारी प्राप्त भएपछि आफूले २ दिन अगाडि कोरोना परिक्षण गराएको बताएका छन् । भोलीसम्म रिपोर्ट हातमा पर्नसक्ने उनको भनाई छ । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । उनले परिवारका सदस्यहरुसँग पनि आफूले दूरी बनाएको बताएका छन् । लकडाउनपछि अनमोल विभिन्न कम्पनीको विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् ।

त्यस्तै, चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासनाले दोस्रो चलचित्रको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गरेकी थिइन् । दुवै चलचित्रमा उनको अभिनयको प्रशंसा भएको थियो । तर, अध्ययनका कारण उनी भदौसम्म कुनै चलचित्रमा आबद्ध नहुने सोचमा छिन् । उनको कोरोना रिपोर्ट शुक्रवार साँझसम्म आउने बताइएको छ । अहिले उनी घरमै आइसोलेसनमा बसेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu