उपासनाको कोरोना रिपोर्ट नेगेटिभ



अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनले ह्याम्स अस्पतालले दिएको रिपोर्ट इन्टाग्राममा सार्वजनिक गरेकी छन्, जसमा कोरोना नेगेटिभ उल्लेख छ । केही हप्ताअघि यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उपासनाले दुई दिन अगाडि पीसीआर नमूना परीक्षण गराएकी थिइन् ।

कोरोना परीक्षणका लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म उपासना निकै डराएकी थिइन् । तर, शनिवार साँझ अस्पतालले कोरोना नेगेटिभ रहेको रिपोर्ट दिएपछि उनी खुसी भएकी छन् । उक्त विज्ञापनका लागि फोटोसुट गराएका अभिनेता अनमोल केसीले पनि दुई दिनअघि कोरोना परीक्षण गराएका छन् । उनको रिपोर्ट भने शनिवार साँझसम्म आउन सक्ने जानकारी प्राप्त छ ।

उपासनाले चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो चलचित्रमा उनको अपोजिटमा अनमोल केसी थिए । यसपछि उनले दयाहाङ राईसँग ‘कबड्डी’ को तेस्रो सिरिजमा काम गरिन् । दुवै चलचित्रमा उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनको नेपाली चलचित्रमा राम्रो माग छ । तर, उनले अध्ययनका कारण ‘कबड्डी’ पछि नयाँ चलचित्र साइन गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu