हेमराज भन्छन्, ‘चलचित्रमा प्रदीप र साम्राज्ञी यथावत छन्’



लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशकको रुपमा चिनिएका हेमराज विसी आउँदो कात्तिकबाट नयाँ चलचित्रको छायांकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाका कारण अब अर्को वर्षका लागि चलचित्रको छायांकन सारिएको छ । बेनामे चलचित्रमा हेमराजले गत वर्ष नै अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कागजी सम्झौता गरेका थिए ।

छायांकनमा जान ढिलाइ भएपछि प्रदीप र साम्राज्ञीले यो चलचित्रबाट हात झिकेको गाईंगुईं सुनिएको छ । ‘प्रेमगीत ३’ प्रदर्शनपछि प्रदीप निर्देशक दिनेश राउतको चलचित्र गर्ने तरखरमा रहनु र साम्राज्ञीले हालै एक चलचित्र साइन गर्नुले पनि यो चर्चालाई थप मलजल मिलेको छ । तर, यसमा कुनै सत्यता नभएको हेमराज बताउँछन् । चलचित्रमा प्रदीप र साम्राज्ञी यथावत रहेको उनको भनाई छ ।

उनले फोनवार्तामा भने- ‘कात्तिकबाट छायांकनमा जाने तयारी थियौं । तर, कोरोनाका कारण अर्को वर्षका लागि धकेलिएको छ । स्क्रिप्ट लगभग फाइनल भइसकेको छ । प्रदीप र साम्राज्ञी दुवैले पहिला यही चलचित्र गर्नुहुनेछ ।’ उनी कोरोनाका कारण चलचित्रका लागि छायांकन स्थल समेत तोक्न नसकेको बताउँछन् । प्रदीप र साम्राज्ञीसँग हेमराजले पहिलो पटक सहकार्य गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu