अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ



अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि गरिएको फोटोसुटमा उपस्थित भएकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु कन्टयाक्ट ट्रेसिङमा परेका थिए । र, उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

शुक्रवार साँझ उपासनाले ह्याम्स अस्पतालबाट प्राप्त रिपोर्ट इन्स्टाग्राममा सार्वजनिक गर्दै आफूमा कोरोना संक्रमण नदेखिएको जानकारी गराएकी थिइन् । अनमोलको भने आइतवार रिपोर्ट आएको हो । उनले स्वाब दिइसकेपछि रिपोर्ट नआउँदासम्म डर लागेको भए पनि अब ढुक्क भएको बताएका छन् । कोरोना परीक्षण गराएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।

कोरोनाका कारण जारी लकडाउनमा घरभित्रै सीमित रहेका अनमोल अहिले भने विभिन्न कम्पनीका विज्ञापनको भिडियो र फोटोसुटमा व्यस्त छन् । लकडाउन अगाडि उनी चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनका लागि पोखरामा थिए । सरकारले चलचित्र निर्माणको अनुमति दिएपछि उनले यो चलचित्रको बाँकी छायांकन सुरु गर्नेछन् । यसपछि उनको पाइपलाइनमा ‘पारस’ र ‘एन्टी हिरो’ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu