चलचित्र निर्माता, वितरक, कलाकार तथा जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठले कोरोनाको बढ्दो जोखिम र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै अनमानगरमा नि:शुल्क स्यानिटाइजर वुथ राखेका छन् । बाटो हिँड्ने मानिसका लागि बाटोमै अटोमेटिक स्यानिटाइजर वुथको व्यवस्था गरिएको हो ।

हाललाई अनामनगरस्थित पूर्वी गेटमा बाटो हिँड्ने आम मानिसका लागि स्यानिटाइजरको वुथ राखिएको छ । जहाँ हात राखेपछि स्यानिटाइजर लगाउन पाइन्छ । कोरोना त्रास बढ्दै गर्दा आम मानिसको स्वास्थ्यलाई ख्याल गरेर यस्तो वुथ संचालनमा ल्याएको करणले बताए । केही दिन अघिदेखि जागौं यूवा अभियानले निशुल्क मास्क समेत वितरण गर्दै आएका थिए ।
सो वुथको उद्घाटन कलाकार दिपकराज गिरी, अनामनगर प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत, चलचित्र पत्रकार संघका महासचिव समीर बलामी, गुण सिनेमा प्रालिका संचालक महेश प्रसाद किजु र जागौ यूवा अभियानका अध्यक्ष करण श्रेष्ठ लगायतले गरेका थिए । अभियानका अध्यक्ष श्रेष्ठका अनुसार, सो बाटो भएर हिँडडुल गर्ने आम मानिसले उक्त वुथबाट हात स्यानिटाइज गर्न सक्नेछ ।