म ग्रुपिज्मको शिकार भएँ : पूजना स्त्री



अभिनेत्री पूजना स्त्रीलाई दर्शकले पर्दामा हेर्न नपाएको धेरै भइसकेको छ । उनी अभिनीत पछिल्लो रिलिज चलचित्र ‘चकलेट’ हो, जुन उनी आफैंले निर्माण गरेकी थिइन् । यो चलचित्रको असफलताले उनी निराश भएकी थिइन् । यसपछि उनले पिरियड ड्रामा चलचित्र ‘नालापानी’ मा काम गरिन् । तर, यो चलचित्रको निर्माण पूरा भए पनि प्रदर्शनमा आउन सकेको छैन ।

अचेल आफूलाई चलचित्रबाट खासै अफर नहुने उनी धक नमानी बताउँछिन् । यसको कारण चलचित्र क्षेत्रमा मौलाएको ग्रुपिज्म रहेको उनको तर्क छ । उनले भनिन्, ‘मैले नचाहेर चलचित्र नगरेको होइन । म चलचित्रकर्मीको रोजाईमा नपरेको हुनसक्छु । अहिले यहाँ जो चलेको छ, उसैको पछाडि दौडने प्रथा छ । पुराना कलाकारलाई चलचित्रमा स्थान दिन खोजिन्न ।’

कसैको चाकडी नगरेका कारण पनि चलचित्रको अफर कम भएको उनको कथन छ । तपाईं ग्रुपिज्मको शिकार हुनुभएको हो ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘त्यो त स्पष्ट छ । मैले चलचित्र खेल्न कसैको चाकडी गरिनँ । न त कुनै ग्रुपसँग आबद्ध भएँ । मलाई त्यो गरेर फिल्म खेल्नु पनि छैन ।’ उनी चाँडै आफ्नै लगानीमा चलचित्र बनाउँदैछिन् । उनका अनुसार, अहिले कथामा काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu