मह जोडी पुरस्कृत



नेपाली चलचित्रमा तीन अग्रज अभिनेत्रीको नाममा स्थापना भएको ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ मह जोडीलाई प्रदान गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ५१ हजार राशीसहित सम्मान प्रदान गरिएको हो । यो फाउन्डेशनले हरेक वर्ष कला क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई पुरस्कृत गर्दै आएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सम्मान कार्यक्रममा ठूलो जमघट गरिएको थिएन । मह जोडीलाई कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले रुद्राक्षको माला लगाइदिएका थिए भने भुवन–हरिष चन्दले दोसल्ला ओढाएर सम्मान गरेका थिए । कला क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएको भन्दै उनीहरुलाई नगद राशीसहित सम्मान गरिएको हो ।

उक्त फाउन्डेसनले केही दिनअघि नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र चरित्र अभिनेत्री शकुन्तला शर्मालाई ५१ हजार नगद राशीसहित ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ बाट सम्मान गरेको थियो । ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले गत वर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि समेत रकम हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu