अस्करका विद्यार्थीले बुरसरी अवार्ड पाउने



अस्कर कलेज अफ फिल्म स्टडिज नेपालमा अध्ययन गर्ने दश जना विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट बुरसरी अवार्ड प्राप्त गर्ने भएका छन् । अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरको इन्फिनिट स्टुडियोसँग यो सालका लागि १० जनालाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका हुन् । यसअघि स्टुडियोले ५ जनालाई वर्षेनी छात्रवृत्ति प्रदान गर्दै आएको थियो ।

प्रिन्सिपल पौडेलका अनुसार ३५ हजार रकम सहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन् गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो , दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् । १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्रि पहिलो र दोस्रो वर्षमा चार –चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी रहेको पौडेलले बताएका छन् ।

‘कोभिड १९का कारण विशेष परिस्थिति सिर्जना भएकोले अति आवश्यक विद्यार्थीलाई थोरै भए पनि राहत होस् भनेर यो अवार्ड दिने रहेछ । भविष्यमा यसले निरन्तरता पाउन पनि सक्छ र नपाउन पनि,’ पौडेलले प्रष्ट्याए । इन्फिनिट स्टुडियो र अस्कर कलेजले २०७३ सालदेखि सहकार्य गर्दै आइरहेका छन् । कलेज र स्टुडियोबीच अरु कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ ।

अस्कर कलेजले बिहीबार नै स्थापना दिवस पनि मनाएको छ । १६ वर्षअघि स्थापना भएको कलेज विभिन्न उतार चढाव खप्तै आजको अवस्थासम्म आएको प्रिन्सिपल पौडेलले बताए । पौडेलले कलेजले ४ वर्षे कोर्स तयार गरिरहेको र नयाँ कोर्सले थप प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu