फुटबल खेलमा बन्यो वेब सिरिज ‘अफ साइड’ (भिडियो)



फुटबल खेलसँग सम्बन्धित वेब सिरिज ‘अफ साइड’ सार्वजनिक भएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिजलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । सिरिजको सम्पादन पनि उनी स्वयंले गरेका हुन् ।

सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, सञ्जय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ । कार्यकारी निर्माता तथा परिकल्पना सुगन तन्डुकार रहेका छन् । सिरिजमा काजी लिम्बुको कथा, सम्राट बस्नेतको द्वन्द निर्देशन, डोलेन्द्र कटुवालको छायांकन रहेको छ ।

अहिलेको समयमा फुटबल खेलाडीको समस्यालाई कमेडी तथा व्यंग्यात्मक रुपमा निर्देशकले देखाउन खोजेका छन् । संजिल लामा, जितेन्द्र कार्की र समाइरा तन्डुकार निर्माता रहेको यो सिरिज १२ भाग निर्माण गर्ने र भविष्यमा यस्तै विषयमा फिचर फिल्म समेत निर्माण गरिने कार्यकारी निर्माता सुगन तन्डुकारले बताए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu