‘रुम नम्बर १०८’ मा सलोन र आमेश



अभिनयमा उम्दा मानिने अभिनेता सलोन बस्नेतले आफ्नै लगानीमा चलचित्र ‘रुम नम्बर १०८’ बनाउने भएका छन् । यो नाममा यसअघि गीत पनि सार्वजनिक भइसकेको छ । उक्त गीतमा सलोन र आमेश भण्डारीले आवाज भरेका थिए भने उनीहरु स्वयंको अभिनय थियो । यही गीतको नाम सापटी लिँदै निर्माण हुन लागेको चलचित्रमा सलोन र आमेशले मुख्य भूमिका निभाउने जानकारी प्राप्त छ ।

‘सम्हालिन्छ कहिले मन’, ‘यात्रा’, ‘सो सिम्पल’ लगायत थुप्रै चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका सुरेश न्यौपानेले चलचित्रको निर्देशन गर्नेछन् । उनले अहिले ‘साथ सधैं’ नामक एक टेलिसिरियलको निर्देशन गरिरहेका छन्, जसलाई सलोनले नै निर्माण गरेका हुन् । ‘सलोन सलिना फिल्मस्’ को ब्यानरमा निर्माण हुने चलचित्र प्रेमकथामा आधारित हुने बुझिएको छ ।

सलोनका पिता तथा निर्देशक शोभित बस्नेतका अनुसार, चलचित्रको स्क्रिप्ट ‘लक’ भइसकेको छ । सरकारले छायांकनको अनुमति दिएसँगै चलचित्र फ्लोरमा निस्कने उनले बताए । चलचित्रका लागि दुई मुख्य अभिनेता फाइनल भए पनि अभिनेत्रीको भने टुंगो लागेको छैन । सलोन र आमेशले यसअघि चलचित्र ‘मेला’ मा काम गरेका थिए । यसपछि उनीहरुबीच बलियो मित्रता कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu