५० बर्ष पुगिन् मनिषा



सन् ११९० को दशकमा बलीउडमा एकछत्र राज गरेकी नेपाली चेली मनिषा कोईराला आईतवार ५० बर्ष पुगेकी छन् । कोरोना महामारीको समयमा भईरहेको लकडाउनको अवधिमा मुम्बईबाट नेपाल आएकी कोईराला पछिल्लो समय नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गर्दा भारतिय मीडियामा आलोचित बनेकी थिईन् ।

मनिषाले सन् १९९१ मा ब्लकबस्टर ‘सौदागर’बाट बलीउडमा डेब्यू गरेकी थिईन् । त्यसअघि उनले नेपाली चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरिसकेकी थिईन् । उनले बलीउडका तीन खान शाहरुख, आमिर र सलमानसँग अभिनय गरेकी छन्, जुन मौका बलीउडमा बिरलै पाईन्छ । उनले दक्षिण भारतिय चलचित्रका सुपरस्टारहरु रजिनीकान्थ, अरविन्द स्वामी लगायतसँग पनि काम गरेकी छन् । मनिषाले बलीउडबाट फर्केर नेपाली चलचित्र ‘द युग देखी युगसम्म’मा राजेश हमालसँग अभिनय गरिन् ।

सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको वैवाहिक जीवन भने लामो समय टिक्न सकेन । बिवाहको दुई बर्षपछि मनिषाले श्रीमानसँग डिभोर्स गरेकी थिईन् । डिभोर्स गरेकै बर्ष उनि क्यान्सर पीडित बनिन् । उनले संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा केहि बर्ष उपचार गरेर क्यान्सरमुक्त भएकी थिईन् ।

मनिषा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बि.पि. कोईरालाकी नातिनी हुन् । हाल उनी काठमाण्डौमा आफ्नी आमासँग बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu