लामो समयदेखि कलाकारिता, लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठा साब’ ले डिश होमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल ल्याउने भएका छन् । उनले अड्डा नामको सिरियल ल्याउन लागेका हुन् ।

नयाँ सिरियलको बारेमा निर्देशक भण्डारी भन्छन्, ‘अड्डा सामाजिक कथा हो, हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिएको छ ।’ हरेक शृंखला नयाँ कथा नयाँ कलाकारका साथमा एउटा नौलो प्रस्तुति हुने उनले बताए ।
अड्डामा किशोर भण्डारी ‘डिट्ठा साब’, रेश्मा तिमल्सिना ‘बुनुमैचा’, कृष्णभक्त महर्जन, राम प्र. श्रेष्ठ, लीला के.सी., पुष्प अवस्थी, समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो सिरियललाई दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् ।