स्लिम रेखा



एक्सन प्रधान चलचित्रमा निकै रुचाइएकी अभिनेत्री रेखा थापाले लकडाउनको समयलाई आफ्नो शरीर स्लिम बनाउनका लागि सदुपयोग गरेकी छन् । चलचित्र ‘रामप्यारी’ पछि खानपिन र व्यायममा ध्यान नदिँदा उनको तौल निकै बढेको थियो । गएको केही वर्ष आफूले मन लागेका कुरा खाएका कारण मोटाएको बताउने उनले चार महिना लामो लकडाउनमा २० केजी तौल घटाएकी छन् ।

कोरोनाका कारण जिमखाना बन्द भएपछि आफू बस्ने अपार्टमेन्टको कम्पाउन्टमा रेखाले दैनिक घन्टौं व्यायम गर्ने गरेकी छन् । उनले जिम ट्रेनर विज्जु पार्कीसँग कठिन अभ्यास गर्दै गरेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । सोमवार रेखाले व्यायम गरेको एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन्, जसमा शरीरलाई तन्दुरुस्त राख्न उनले गरेको मिहेनत देखिन्छ ।

रेखाले लकडाउनको समयमा स्लिम बनाएको शरीर दर्शकहरुले सम्भवतः अर्को वर्ष पर्दामा हेर्न पाउनेछन् । सविर श्रेष्ठले निर्देशन गर्ने बेनामे चलचित्रमा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । सरकारले छायांकन अनुमति दिएसँगै चलचित्र फ्लोरमा जानेछ । चलचित्रको चरित्रमा फिट हुनका लागि पनि उनले लकडाउनको समय आफ्नो शरीरलाई स्लिम बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu