स्वस्तिमा र नाजिरको मित्रता



अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता नाजिर हुसेनबीच ५ वर्षदेखि घनिष्ट मित्रता छ । सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट उनीहरुले एकसाथ अभिनय करिअर सुरु गरेका थिए । यो चलचित्रमा नाजिरले मधेशी युवकको भूमिका निर्वाह गरेका थिए भने स्वस्तिमा सोझी र लजालु युवतीको भूमिकामा थिइन् । चलचित्रमा दुवैको भूमिका र अभिनयको प्रशंसा भएको थियो ।

‘होस्टेल रिर्टन्स’ रिलिज भएको पाँच वर्षमा नाजिर र स्वस्तिमाले अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । र, उनीहरुको मित्रताको गाँठो पनि कसिलो हुँदै गएको छ । तर, दोस्रो पटक उनीहरुले चलचित्रमा स्क्रिन साझेदारी गर्न पाएका छैनन् । हालै यी दुईले म्यूजिक भिडियोमा भने एकसाथ काम गरेका छन् । त्यसमा स्वस्तिमाले नाजिरको सालीको भूमिका निभाएकी छन् ।

स्वस्तिमाले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूहरुबीच ५ वर्षदेखि मित्रता रहेको उल्लेख गरेकी छन् । उनले नाजिरलाई बाँदरको रुपमा सम्बोधन गर्दै लेखेकी छन्, ‘यो बाँदरसँग ५ वर्षको मित्रता छ ।’ उनको यो पोस्टमा नाजिरले ‘चेयर्स’ भनेर लेखेका छन् । कलाकारबीच सुमधुर सम्बन्ध स्थापित नहुन नसकेको अवस्थामा स्वस्तिमा र नाजिरको मित्रता साँच्चै उदाहरणीय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu