एपमार्फत हास्यकलाकारको जीवनी पढ्न पाइने



देशका चर्चित हास्यव्यङ्ग्य कलाकारलाई समेटेर तयार पारिएको पुस्तकलाई लेखक जीवनराज दाहालले एप्लिकेसनमार्फत निःशुल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएका छन् । पछिल्लो पुस्ताका हास्यव्यङ्ग्य कलाकारलाई समेत समेटिएको एपमा बहत्तर जना कलाकारको जीवनी, तीनसय जना कलाकारको नामावली रहेको लेखक दाहालले बताए ।

नेपालमा हास्यव्यङ्ग्यको सुरुवात देखि हालसम्म, गाईजात्राको सुरुवात, चलचित्रमा हास्यरसको सुरुवात, टुट्ने र जुट्ने नेपालका हास्य जोडीसँगै पुस्तकप्रति देशका अग्रज स्रष्टाहरूको शुभकामना समेत एपमा राखिएको छ । नेपाली एप्स घरले प्लेस्टोरमा पब्लिक गरेको एपको नाम ‘बायोग्राफी अफ नेपाली कमेडी आर्टिस्ट’ राखिएको छ ।

५ एमबीको एपलाई हाल एन्ड्रोइड भर्सनबाट इन्स्टल गरेर आफ्नो मोबाइल तथा ट्याब्लेटमा हेर्न सकिने गायक दाहालले बताए । कलाकारको बारेमा लेखिएको पुस्तक जीवनराज दाहालले केही वर्षअघि लेखेका हुन् भने उद्धवकुमार घिमिरेले सम्पादन तथा हिरादेवी नेपालले प्रकाशन गरेकी थिइन् । पुस्तकलाई विश्व स्वतन्त्र सञ्चारले वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu