बीएमसीले भारतकी चर्चित गायिका लता मंगेशकरको घर सिल गरेको छ । दक्षिण मुम्बईको चाम्बला हिल क्षेत्रमा रहेको प्रभुकुञ्ज भवनमा लता बस्ने गरेकी छन् । यो भवनमा बस्ने ५ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि बीएमसीले घर सिल गरेको भारतीय मिडियाले बताएका छन् । लता र उनको परिवार भने सुरक्षित रहेको बताइएको छ ।

यस बारेमा लता मंगेशकरको परिवारले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कृपया हाम्रो परिवारको स्वास्थ्यलाई लिएर कुनै प्रकारको अफवाहमा ध्यान नदिनुहोस् । हामीले अन्त्यन्त सावधानी अपनाएका छौं र सीनियर सिटीजनको सुरक्षामा सहयोग गरेका छौं । भगवानको कृपाबाट र तपाईंहरु सबैको शुभकामनाका कारण हामी सुरक्षित छौं ।’
विज्ञप्तीमा अगाडि भनिएका छ, ‘हामीले शनिवार फोन सम्पर्कबाट प्रभुकुञ्ज सिल गर्नुको कारण सोधेका थियौं । बिल्डिङ सोसाइटी र बीएमसीले यो महामारीबाट जोगिन घर सिल गरेको हो, किनकि हामी बस्ने घरको आसपास सीनियर सिटीजन भएकाले सावधानी जरुरी छ । हामीले गणेश उत्सव पनि यसपटक पारिवारिक रूपमा मनायौं ।’