कोरोना कहरका कारण सबैको जीवन असहज भएको छ । कला, व्यापार, व्यवसाय सबै रोकिन पुगेको छ । अत्यावश्यक सेवाबाहेक अन्य सेवा तथा काम ठप्प प्रायः बन्न पुगेको छ । यो कठिन परिस्थितिलाई पनि कतिपयले सहज बनाउने प्रयास गर्दै आएका छन् ।
यसै क्रममा कलाकर्मी रमेश श्रेष्ठले खाना डेलिभरी सेवा सुरु गरी जनजीवनलाई सहज तुल्याउने प्रयास गरेका छन् । लामो समयदेखि सामाखुशीमा संगीत र नृत्यसम्बन्धी प्रशिक्षण दिँदै आएको निर्भाना कला केन्द्रको अध्यक्ष समेत रहेका रमेशले राजधानीको गोंगबु चोकमा निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्फत् यो सेवा सुरु गरेका हुन् ।
ट्राभल एण्ड टुर्स र वैदेशिक रोजगार व्यवसायी यमबहादुर थापाले ४ वर्षदेखि होटल तालिम प्रदान गर्ने संस्थाका रुपमा सञ्चालन गर्दै आएको निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्फत् उनले यो सेवा सुरु गरेका हुन् । वेटर, बार टेन्डर, बारिष्टा, कुक, हेल्पर, लन्ड्रि, क्लिनर, हाउस किपिङ्ग, फ्रन्टडेक्स, क्यासियरजस्ता होटल सम्बन्धि सम्पूर्ण तालिम दिइने निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिले रमेश र आईटी इञ्जिनियर सुर्य श्रेष्ठ समेत साझेदार भएपछि पछिल्लो समय रेष्टुरेन्ट सेवा समेत सुरु गरेको छ ।

कोरोना संक्रमण बढेसँगै सरकारले लगाएको लकडाउनपछि निकोलसले हाललाई टेक वे र होम डेलिभरी सुविधा मात्र दिँदै आएको छ । रमेशले लकडाउन र निषेधाज्ञाले असहज बनेको जनजीवनलाई सामान्य बनाउन सहयोग गर्न टेक वे र होम डेलिभरी सेवा उपलब्ध गराएको जानकारी गराए । उनका अनुसार, काठमाडौं उपत्यकाभरी निःशुल्क रुपमा होम डेलिभरीको व्यबस्था गरिएको छ
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर जनस्वास्थ्य मापदण्ड अनुसार टेक वे र होम डेलिभरी सुविधा उपलब्ध गराइएको उनले बताए । उनका अनुसार नेवारी, नेपाली, चाइनिज, कन्टिनेन्टल, इटालियन र इण्डियन परिकार हाललाई टेक वे र होम डेलिभरी सुविधामा उपलब्ध छ र जनजीवन सामान्य हुनासाथ रेष्टरेन्ट सञ्चालनमा आउने तथा प्रशिक्षण सेवा उपलब्ध हुनेछ ।
कलाकर्मी रमेश श्रेष्ठले ७० भन्दा बढी म्युजिक भिडियो निर्माण र निर्देशन गरेका छन् भने करिब २ दर्जन म्युजिक भिडियो र ५० जति विज्ञापनमा अभिनय तथा मोडलिङ गरेका छन् । त्यस्तै, उनले थुपैै्र होटल र रेष्टुरेण्टमा सेफका रुपमा काम गरी हजारौं देशी विदेशी पर्यटकलाई आफ्नो पाक कलाबाट मोहित बनाएका छन् भने विदेश गएर समेत आफ्नो पाककला प्रस्तुत गरेका छन् ।