अंग्रेजी चलचित्रमा सुवास थापा



नेपाली चलचित्रका अभिनेता सुवास थापा लामो समयपछि अभिनयमा फर्किएका छन् । ‘हाउ टु किप योर म्यान ह्याप्पी’ नामक अमेरिकी चलचित्रमा उनी सफल व्यवसायीको भूमिकामा छन् । चलचित्रलाई कन्ट्रेल राइटले निर्माण र निर्देशन गरिरहेका छन् । निर्देशक राइट आफैंले लेखेको पुस्तकको कथालाई चलचित्रमा उतारिएको हो । यो चलचित्र नेटफ्लिक्समा रिलिज हुनेछ ।

श्रीमतीले छाडेर गएपछि सुवास र उनका छोरा एक्लै भएको कथालाई चलचित्रमा देखाइनेछ । अश्वेत परिवारमा बढ्दो सम्बन्ध बिच्छेदले निम्त्याएको पारिवारिक बिखण्डनको कथामा चलचित्र आधारित छ । चलचित्रमा सुवासले अभिनेत्री प्रियाना मोर्गनसँग रोमान्स गरेका छन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गर्न पाएकोमा सुवासले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यो राज्य (अमेरिका) मा मेरो पहिलो अंग्रेजी चलचित्र । पर्दामा फर्किन निकै उत्साहित छु । लामो यात्रा गर्नु छ साथी । यो पहिलो चरण हो । समर्थन र प्रेमका लागि सम्पूर्ण कास्ट र क्रियूलाई धन्यवाद ।’ कमेडी भूमिकामा निकै रुचाइएका अभिनेता थापाले ‘ब्रेकफेल, सरी ल, तथास्तु, को आफ्नो’ लगायत एक दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu