रविले छाडे ‘मुन्द्रेको कमेडी क्लब’



हास्यकलाकार जितु नेपालले सञ्चालन गर्दै आएको चर्चित कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को निर्देशकको जिम्मेवारीबाट रवि श्रेष्ठले विदा लिएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिरिज र दोस्रो सिजनको केही भागको निर्देशन गरेका उनले शोबाट बाहिरिनु आफ्नो व्यक्तिगत निर्णय रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘मुन्द्रेको कमेडी क्लब’ छाडेको जानकारी दिँदै लेखेका छन्, ‘विविध व्यस्तताले ‘मुन्द्रेको कमेडी क्लब’ मा दुई वर्षको लामो सहकार्य छोड्न पर्‍यो । यस कार्यक्रममा निर्देशनको जिम्मेवारीबाट विदा लिएको छु । हुन त, व्यक्तिगत निर्णय हो । मेरो बर्हिगमन अतिरञ्जित नहोस् भन्नका खातिर जानकारी दिन उचित ठानियो ।’

उनले जितु नेपाल र ‘मुन्द्रेको कमेडी क्लब’ को निर्माण पक्षलाई सफलताको शुभकामना दिँदै आफूलाई लगभग ८० एपिसोडसम्म विश्वास गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले चाँडै केही नयाँ कन्सेप्टका साथ आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसअघि ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षको जिम्मेवारीबाट दीपाश्री निरौला पनि बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu