‘तलाश’ को छायांकन सकियो



नेपाली चलचित्र ‘तलाश’ को छायांकन सकिएर पोस्ट प्रोडक्सनको काम सुरु भएको छ । फाल्गुनन्द लिब्देन फिल्मसले निर्माण गरेको चलचित्रमा दिनेश लिबदेन र हस्त लिवाबको संयुक्त निर्देशन छ । चलचित्रमा एलिना बाँस्कोटा, राजकुमार लिबदेन, सोम लामा, दिलिप ठकुरी, विमला खजुम, अजय खडका, हस्त लिवाब, अन्जिता नेम्वाब, विमल ढुङ्गेल, विक्रम धिमाललगायतको अभिनय छ ।

चलचित्रबाट विमला खजुम, अन्जिता नेम्बाब र दावा शेर्पा अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा रोशन वान्तवा राईको संगित, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माबमुको नृत्य छ । नारी हिंसाको विरुद्धको कथालाई प्रस्तुत गरिएको चलचित्रमा दिनेश लिब्देनको लेखन छ । सरकारले सिनेमा हल सञ्चालनको अनुमति दिएपछि चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu